दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ


३ आश्विन २०७४, मंगलबार


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं. १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं. १ बगरका शेरबहादुर गुरुङ, वडा नं. १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस