२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात रोहिंग्यालाई ‘इन्ट्री रिफ्युज’

अ+ अ-

काठमाडौं । अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरूलाई वीरगन्ज अध्यागमन कार्यालयले भारतिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमलाई गत बिहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो ।

गृह मन्त्रालयका अनुसार फिर्ता गरिएकामा ३३ देखि ६७ वर्ष उमेर समूहका छन् । सशस्त्रले बुझाएका म्यान्मारका ती नागरिकलाई अध्यागमन कार्यालयले इन्ट्री रिफ्युज गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले वीरगन्ज नाकाबाट काठमाडौँ प्रवेश गर्न खोज्ने ७ जना बर्मेलीलाई इन्ट्री रिफ्युज गरिएको बताए । महानिर्देशक काफ्लेले अन्नपूर्णसँग भने, ‘तिनीहरू काठमाडौं आउन लागेका थिए । यात्रा शंकास्पद देखिएपछि भारततर्फ फिर्ता गरिदियौं ।’
वीरगन्जस्थित अध्यागमन कार्यालयले उनीहरूको नेपाल भ्रमण स्पष्ट नभएको भन्दै ती सात रोहिंग्या मुस्लिमलाई इन्ट्री रिफ्युज गरेको हो । गृह मन्त्रालयले केही दिनअघि सबै सुरक्षा निकाय र अध्यागमन विभागलाई भारतीय सीमा क्षेत्रबाट म्यान्मारबाट विस्थापित रोहिंग्याहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै निगरानी बढाउन निर्देशन दिएको थियो । सशस्त्र प्रहरी स्रोतले पक्राउ परेकाहरू रोहिंग्या मुस्लिम भएको र उनीहरू काठमाडौंमा रहेका आफ्ना साथीलाई भेट्न आएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments