म प्रदेशीएको « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

म प्रदेशीएको


३१ भाद्र २०७४, शनिबार


म प्रदेशीएको
ठिक त्यति बेला
आकाशमा कालो बादल
मडारिएको थियो
गोला र बारुदको गन्ध
फैलिएको थियो
गाउँ बस्तीहरू उजाड उजाड थिए
चारैतिर सन्नाटा छाएको थियो

हो ठिक त्यतिबेला
म प्रदेशीएको
जब बेरोजगारी हातहरूले
कागजी खोस्टा बोकेर
सडकमा भौंतारिँदै थिए
कामको खोजमा
दामको खोजमा
मामको खोजमा
जीवीकोपार्जनको मुस्किल घडीमा
मेरा मृगतृष्णाहरूले घचघच्याउँदा
आत्मा जलनको पिढाले सताउँदा
बाँच्ने रहरहरुले ब्यूंताउँदा
आँखा डलीबली हुँदा
परेलीमा निरन्तर भल बग्दा
कति रोयो होला यो मन !
अन्दाज गर्न सक्छौ ?

हो ठिक त्यति बेला
म प्रदेशीएको
दिलमा पत्थर राखेर
गन्तव्यको बाटोमा पाईला नाप्दै
सपनाको भारी बोकेर
बिपनामा रमाउन त खोजें
हाँस्न, मुस्कुराउन खोजें
तर
मुस्कान मुस्कुराउनु त
त्यति बेलै बिर्सी सकेको थिंए
जति बेला
बन्दकीमा लिलाम भैसकेको थियो
हो त्यतिबेला
म जहिले सोध्ने गर्थें
मेरा आशाहरूलाई
निराशाहरूलाई
भरोशाहरूलाई
रहरहरूलाई
जरहहरूलाई

जतिबेला मेरा रातहरूलाई
मेरा निंदहरुले सताउथ्यो
जागाराम मेरा नयनहरू
चिम्म गरेर निंदको बहाना गर्थे
निंद त मैले उहिल्यै बगाईसकेको थिएं
जबदेखि परेलीमा खहरे बग्न थाल्यो
जबदेखि मेरो आकाशमा गोला बारूद
पट्किन थाले
रातो रंग मन पर्थ्यो
रगतदेखि डर लाग्न थाल्यो
कालो मन पर्थ्यो
अन्धकारदेखि डर लाग्न थाल्यो
उज्यालो मन पर्थ्यो
अस्ताउला भन्ने डर लाग्न थाल्यो

किनकि
मैले जे मन पराँं
त्यो कसैले खोस्यो
मैले मेरो पहाड मन पराएँ
भूकम्प आयो र सतायो
पैरो आयो र बस्ती बगायो
मैले मेरो तराई मन पराएँ
बाढी आयो र बगायो
मलाई मेरो नेपाल
प्राण भन्दा प्यारो लाग्छ
डर लाग्छ कतै
कसैले गिद्धे नजर नलावस्
मेरा नेपाली दाजुभाइ, दिदी बैनी
बिदेशीनुनपरोस् ।
फेरि फेरि बिपत्ती आई
नलागोस ।

Tags :
प्रतिक्रिया दिनुहोस