देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च


२७ भाद्र २०७४, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार खर्च हुने भएको छ ।

प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रुपमा महासभामा भाग लिँदैछिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस