२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा महासंघ राख्ने सरकारको प्रस्ताव सत्तापक्षबाटै असफल

अ+ अ-

काठमाडौं । स्थानीय तहमा महासंघ गठन गर्ने सरकारको प्रस्ताव सत्तापक्षकै सांसदले असफल बनाएका छन् । संसद्को विकास समितिको बैठकले स्थानीय तहमा महासंघ नराख्ने निर्णय गरेको हो । सरकारले महासंघ राख्ने विधेयक ल्याए पनि सत्तारूढ कांग्रेस र माओवादी केन्द्रका सांसदले नै विपक्षमा मतदान गरेपछि प्रस्ताव असफल भएको हो ।

एमाले र राप्रपाले भने महासंघ राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । २८ सदस्य रहेको समितिमा उपस्थित २६ मध्ये कांग्रेस र माओवादी केन्द्रका १७ जनाले महासंघको विपक्षमा तथा एमाले र राप्रपाका ९ सांसदले पक्षमा मतदान गरेका थिए । यससँगै स्थानीय शासनलाई सुदृढ गर्ने प्रक्रियामा संवाद, सहजीकरण र समन्वय गर्न स्थानीय तह महासंघ गठन गर्नुपर्ने, महासंघले मन्त्रालयबाट आवश्यक विवरण माग गर्न सक्नेलगायत विधेयकको व्यवस्था हटेको छ ।

विधेयकमा परेका एक हजार ५६ संशोधनबारे छलफल गरी उपसमितिले तयार पारेको प्रतिवेदन समितिको पूर्ण बैठकले संशोधनसहित पारित गरेको छ । अब स्थानीय तहको शासनसम्बन्धी विधेयकलाई संसद्मा निर्णयार्थ पेस गरिने समिति सभापति रवीन्द्र अधिकारीले बताए ।

उपसमिति सदस्य एवं एमाले नेता गणेश पहाडीले सरकारले ल्याएको विधेयकको महासंघ राख्ने व्यवस्था सत्तापक्षले नै असफल बनाएको बताए । उनले भने, ‘कांग्रेसका सांसदले पनि स्थानीय तहमा महासंघ राख्ने भनेर संशोधन प्रस्ताव राखेका थिए । अन्तिममा कांग्रेस माओवादी केन्द्रसँग मिलेपछि यो व्यवस्था पास हुन सकेन ।’ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तत्कालीन उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विधेयक संसद्मा प्रस्तुत गरेका थिए । स्थानीय तहमा निर्वाचन हुन बाँकी प्रदेश नं. २ बाहेक तहमा एमालेको बहुमत देखेर सत्तापक्ष आत्तिएको पहाडीले दाबी गरे । आजको नयाँ पत्रिका दैनिकमा खबरछ ।

प्रतिक्रिया दिनुहोस