प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार


२३ भाद्र २०७४, शुक्रबार


प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् ।

गाउँ–नगरको प्रमुखमा १७ सय ८३ र उपप्रमुखमा ११ सय ३० ले उम्मेदवारी दिएका छन् । त्यसैगरी, वडाध्यक्षमा आठ हजार १८ जना, खुला दुई सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६३ सय ६० र दलित महिला सदस्यमा पाँच हजार ७०५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाका लागि विभिन्न राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ९१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस