२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचनः ‘मुखिया’ चुन्न आतुर

अ+ अ-

काठमाडौं । पञ्चायतकालको प्रभावमा यहाँका मतदाता अहिले पनि जनप्रतिनिधिलाई ‘मुखिया’ सम्बोधन गर्छन् । स्थानीय निर्वाचनबाट आफूले विश्वास गरेको मुखिया चुन्न उत्साहित छन् उनीहरू । बुधबार उम्मेदवारी दर्तासँगै बजार र ग्रामीण क्षेत्रमा चुनावी रौनक बढेको छ । चोक, चौराहा, हाट र गाउँघरमा प्रचार तीव्र छ । उम्मेदवार एजेन्डा सुनाएर मतदाता आकर्षित गर्न केन्द्रित छन् । मिति तोकेर चुनाव पटक–पटक सारिएकाले मतदाता पनि भोट हाल्न बढी नै आतुर देखिन्छन् ।

‘दुई दशकपछि मुखिया चुन्ने अवसर मिलेको छ,’ वृन्दावन नगरपालिका–६ का ७५ वर्षीय जंगी महतोले भने, ‘अहिलेको पुस्ताले मुखियाको महत्त्व बुझेको छैन ।’ इतिहास पढ्नेभन्दा लहलहैमा लाग्ने धेरै भएकाले अहिलेको पुस्ताले जनप्रतिनिधिको महत्त्व नबुझेको उनले सुनाए । कर्मचारीले गाउँलेका पीरमर्का कमै सुन्ने गरेको महतोको भनाइ छ । ‘गाउँकै व्यक्ति मुखिया (जनप्रतिनिधि) बनेमा चाहेको काम हुन्छ,’ उनले भने, ‘टाढाको व्यक्तिले समस्या सुनाउँदा पनि झर्को मान्छन् ।’

दलहरूको उम्मेदवार चयनमा भएको ढिलाइले अलमलमा परेका यहाँका बासिन्दा बुधबार बिहानैदेखि चुनावी माहोलमा होमिए । ‘मनोनयन दर्तापछि यहाँ साँच्चिकै चुनावी माहोल बन्यो,’ वृन्दावन–६ का जागेश्वर दासले भने, ‘दलित, मधेसी, मुस्लिमको प्रतिनिधित्व हुने भएपछि घर–घरमा चुनाव लागेको छ ।’ दुई दशकयता सर्वसाधारणले सरकारको अनुभूति गर्न नपाएको गुनासो उनले गरे । ‘पहिले हुनेखानेले मात्र सेवा पाए,’ दासले भने, ‘भ्रष्टाचार थियो, विकास निर्माण भएन ।’ अहिले यहाँका बासिन्दाले उम्मेदवारसँग सडक, विद्यालय, अस्पताल, बिजुलीका पोल माग्ने गरेका छन् । नयाँ संविधान र नयाँ संरचनाअनुसार अधिकांश सरकारी सेवा स्थानीय तहबाटै मिल्ने खबरले मतदाता उत्साही छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस