२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोह्र स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो

अ+ अ-

राजविराज । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ ।

यस्तै, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपप्रमुखमा अझै नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ ।

त्यस्तै, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो नलागे पनि उपप्रमुखमा सुष्मा चौधरीको उम्मेदवारीको टुंगो लागेको छ ।

बोदेबर्साइन नगरपालिकाको प्रमुखमा कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा प्रमुखबाहेक उपप्रमुखमा निरु पोखरेललाई अघि सारेको छ ।

खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिका दुईवटा स्थानीय तहमा हालसम्म कुनै उम्मेदवारको नाम टुंगो लागेको छैन ।

यसैगरी, अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मीना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगीताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गीतादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डललाई चयन गरेको छ ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा सहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण इसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उपप्रमुखमा अनितादेवी साहको नाम सार्वजनिक गरेको काँग्रेसले जनाएको छ ।

सप्तरीमा नेकपा ९एमाले०, संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस गरी तीनवटा दलले अहिलेसम्म स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाएका बताइएको छ ।

यसैगरी, आन्दोलनपश्चात् निर्वाचनमा सहभागिता जनाएको राष्ट्रिय जनता पार्टीको भने हालसम्म उम्मेदवारको टुंगो नलागेको राजपाका एक नेताले जानकारी दिए ।

यस्तै, सरकारमा सहभागी रहेका नेपाल लोकतान्त्रिक फोरम र नेकपा (माओवादी केन्द्र) लगायत अन्य पार्टीले समेत सप्तरीमा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी रहेको सम्बन्धित राजनीतिक दलबाट थाहा भएको छ । रासस

0 Comments