फरक दलका कर्मचारी फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फरक दलका कर्मचारी फिर्ता


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । धुलिखेल नगरपालिकाले जिल्ला कर्मचारी व्यवस्थापन समितिले आफुसँग सल्लाहै नगरी कर्मचारी पठाएको भन्दै हाजिर गर्न रोकेको छ ।

पशुसेवा कार्यालयबाट खटाइएका अधिकृत राजकुमार हुमागाईंलाई हाजिर गराउन नसक्ने उल्लेख गरी नगरपालिकाले समितिलाई पत्र लेखेको छ । हुमागाईं जिल्लास्थित कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्षसमेत हुन् । कांग्रेसनिकट हुमागाईंलाई एमालेका तर्फबाट निर्वाचित प्रमुख अशोक व्याञ्जुको निर्देशनमा हाजिर नगराइएको कर्मचारी बताउँछन् ।

समितिबाटै निर्णय भएर आएका जिसस, स्वास्थ्य, आयुर्वेदलगायत कार्यालयका एमालेनिकट कर्मचारीलाई भने नगरपालिकाले हाजिर गराइसकेको छ । समितिले मनोमानी गर्न खोजेकाले सचेत गराएको व्याञ्जुले बताए । एमालेनिकट कर्मचारीलाई हाजिर गराएको विषयमा भने उनले आफूलाई नसोधी हाजिर गराइसकेको तर्फ गरेर पन्छिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस