सातै प्रदेशमा दसैंअघि कर्मचारी व्यवस्थापन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सातै प्रदेशमा दसैंअघि कर्मचारी व्यवस्थापन


१८ भाद्र २०७४, आइतबार


काठमाडौं । मंसिरमा हुने प्रदेशसभा चुनावअघि नै मुलुकलाई संघीय संरचनामा लैजान सरकारले तयारी थालेको छ ।

सरकारले केही दिनमै सातवटै प्रदेशमा प्रशासकीय प्रमुख पठाउने तयारी गरेको छ । गह मन्त्रालयले संरचनात्मक परिवर्तन गर्दै सातवटै प्रदेशमा एआइजीको नेतृत्वमा प्रदेशिक प्रहरी रहने तयारीलाई पूर्णता दिँदैछ ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा सचिवसरह प्रदेश प्रशासकीय प्रमुख, सबै नगरपालिकामा उपसचिवसरह कार्यकारी प्रमुख र गाउँपालिकामा शाखा अधिकृतसरह कार्यकारी प्रमुख पठाउने तयारी गरेको छ । सातवटा प्रदेशमा मुकाम (प्रदेश राजधानी) को टुंगो अझै नलागेकाले प्रदेशमा खटिने कर्मचारीलाई प्रशासनिक कार्यालय राख्न कठिनाइ भएको छ । सामान्यले भने प्रदेश मुकाम तय हुनुअघि नै सबै प्रदेशमा प्रशासकीय प्रमुख पठाउने तयारी गरेको छ । प्रदेश राजधानी कहाँ राख्ने भन्नेमा केही प्रदेशमा विवाद छ । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस