२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसात्मक राजनीतिक गतिविधि त्याग्न राजपालाई ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गरेका छन् ।

थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उनले भने– “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।”

“अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन, समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,” अध्यक्ष ओलीले भने ।

उनले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंहिताभित्र पर्दछ कि पदैन’’ भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले भने–‘‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइदैन, केही भन्न नसक्ने कारण के हो ?’’

राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उनले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिए ।

‘‘एमाले जिम्मेवार पार्टी हो, कुनै आवेश, उत्तेजनामा आउने पार्टी होइन’’ उहाँले भने– ‘‘डरपोक भएर भाग्दैन पनि, एमालेलाई प्रतिवादको बाटो समाउन नपरोस् ।’’

अध्यक्ष ओलीले मंसिर ४ गते तोकिएको संघ र प्रदेशको निर्वाचन एकाएक मंसिर १० र २१ गते दुई चरणमा पु¥याउने सरकारको निर्णय उपयुक्त नभएको उल्लेख गर्दै निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुनासो गरे ।

उनले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया पनि दिए ।

ओलीसंगै गएकी उनकी धर्मपत्नी राधिका शाक्यसमेत स्वदेश फर्किएकी छिन् । उनलाई स्वागत गर्न कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

अध्यक्ष ओली यही शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बैकक गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस