रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफल


१४ भाद्र २०७४, बुधबार


काठमाडौं । पछिल्लो १ वर्ष ९आव ०७३/७४० मा आफैले राखेको लक्ष्यअनुसार रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफल देखिएको छ । गत आर्थिक वर्षमा ७ सय २७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा देशभर ६ सय ३० किलोमिटर मात्रै रणनीतिक सडक कालोपत्रे भएको छ । जुन उपलब्धि लक्ष्यको ८६ दशमलव ६५ प्रतिशत मात्र हो ।

आव ०७३/७४ मा भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आव ०७२र७३ को तुलनामा भने सुधार गरेको छ । सडक विभागबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष ०७२/७३ मा २ सय ६४ किलोमिटर रणनीतिक सडक मात्र कालोपत्रे भएको थियो, जुन लक्ष्यभन्दा ९७ किलोमिटर कम हो । तर, गत आर्थिक वर्षमा भएको कालोपत्रे सडक भने अघिल्लो वर्षको तुलनामा २ दशमलव ३८ गुनाले बढी हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस