बेपत्ताको संख्या दोब्बर बढ्यो, जनशक्ति अभावमा आयोगलाई अनुसन्धानमा कठिनाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेपत्ताको संख्या दोब्बर बढ्यो, जनशक्ति अभावमा आयोगलाई अनुसन्धानमा कठिनाइ


१४ भाद्र २०७४, बुधबार


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सशस्त्र युद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट ३१ सय १४ जना बेपत्ता पारिएको तथ्यांक छ । तर, शान्ति मन्त्रालयको तथ्यांकमा बेपत्ताको संख्या १४ सय ९५ मात्रै छ । उनीहरूको खोजीको माग गर्दै आयोगमा देशभरबाट तीन हजार ९३ वटा उजुरी दर्ता छन् । मन्त्रायलको भन्दा आयोगमा डेढ हजारभन्दा बढी पीडितको तथ्यांक छ ।

कर्मचारी अभावले अनुसन्धान प्रभावित
आयोगले कर्मचारी अभावले अनुसन्धान प्रभावित भएको जनाएको छ । १३ सय २० उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरेपछि कर्मचारी अभावमा आठवटा समूह मात्र बनाएर काम गर्नुपरेको आयोगका एक सदस्यले बताए । तोकिएको दरबन्दीअनुसार कर्मचारी नदिए आयोगले सबै उजुरीमाथि छानबिन गर्न नसक्ने उनको भनाइ छ ।

बेपत्ता आयोगमा ७० कर्मचारीको दरबन्दी रहेकोमा अहिले आयोगका सदस्यहरूसहित जम्मा २९ जना मात्र कार्यरत छन् । बाँकी निवेदनमाथि अनुसन्धान गर्न कर्मचारी अभाव रहेको आयोगले जनाएको छ । सरकारले आयोगलाई ७० जनाको कर्मचारी दरबन्दी दिएको थियो । पछि उजुरीको संख्या बढेपछि आयोगले कर्मचारी दरबन्दी ९५ जना पुर्‍याउन माग गरेको थियो । तर, सरकारले सहयोग नगरेको आयोगको गुनासो छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस