२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन आउने : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रको विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने जानकारी दिएका छन् ।

उनले भने, “ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।”

गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताए ।

भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उहाँले यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको छ भने ।

सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरा पर्वमा गाइने लोकगीत कलात्मक रुपमा प्रस्तुत गरेका थिए ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्दै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ध्यान दिएको बताए ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवा केन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गरे ।

समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस