४४ प्रमुख जिल्ला अधिकारीको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४४ प्रमुख जिल्ला अधिकारीको सरुवा


८ भाद्र २०७४, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले ४४ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको हो । सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रुपमा सरुवा भएका छन् ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस