सेना परिचालनको लागि राष्ट्रपतिले दिइन् स्वीकृति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेना परिचालनको लागि राष्ट्रपतिले दिइन् स्वीकृति


८ भाद्र २०७४, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस