बर्दिवास । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् । उनले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका ३५ परिवारलाई राहत सामग्री दिएका हुन् । धुर्मुसले ती परिवारलाई चिउरा, मुरी (भुजा), बिस्कुट, चाउचाउलगायत खानेकुरासँगै एक/एकवटा टर्चलाइट दिएका छन् । राहत सामग्री पाएपछि बाच्ने आशा पलाएको स्थानीय जुगल सादा मुसहरले बताए ।
धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका कलाकार धुर्मुसले बाढीपीडितलाई राहत दिन खाद्यवस्तु र टर्चलाइट दिएको बताए ।
शनिबार बिहान बाढीले घर डुबान गरेपछि ती परिवार पराले झुप्रामा भोकभोकै बस्दै आएका थिए । रातु र बडहरी नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो ।