गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२८ श्रावण २०७४, शनिबार


तस्बिरकै संसारमा मख्ख परी रमाउँछौ तिमी ।
देखी सपना आकाशको तारा समाउँछौ तिमी ।।

छैन वास्तविक दुनिया तिमीले सोचे जस्तो ।
हात लागी शून्य होला पछि के कमाउँछौ तिमी ।।

छेउ भएरै पनि नदेखिने सागरको पुगिन्छ छेउ ।
चलेन जागर भने तातो रगत जमाउँछौ तिमी ।।

धाक फूर्ति देखाउँदै हिँड्छांै र पो पत्याएका छन् ।
गाह्रो साह्रो परे अरुलाई काम थमाउँछौ तिमी ।।

आफूभित्र आनन्द आफै छचल्काउन सकिन्छ ।
सधैं अर्काकै सुर बेसुरमा रमझमाउँछौ तिमी ।।

प्रतिक्रिया दिनुहोस