बिम्स्टेक एसओएम बैठक शुरु « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिम्स्टेक एसओएम बैठक शुरु


२६ श्रावण २०७४, बिहिबार


काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक बिहिबार शुरु भयो ।

नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नुभएको छ भने भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हकले आ–आफ्ना राष्ट्रको प्रतिनिधित्व गरेका छन् ।

त्यसैगरी म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीले बैठकमा आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन् ।

बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिस्तरीय बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साँझ सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन् । साथै, उनले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नेछन् ।

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस