२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएमएको निर्वाचन धाँधली भएको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहद्धारा पुनः निर्वाचनको माग

अ+ अ-

काठमाडौँ – नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ ।

यही २१ गते सम्पन्न निर्वाचनमा निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट नेतृत्व लिई संस्थाको छवि गिराउने काम भएकोे ठहर गर्दै धाँधलीको स–प्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पुनः निर्वाचन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएको र प्रशासनबाट उचित निर्णय नआए कानूनी उपचारका लागि अदालत जाने द्धितिय उपाध्यक्ष ङिमी शेर्पाले बताइन् ।

अध्यक्षका प्रत्यासी शेर्पाले निर्वाचन गैरकानूनीरुपमा भएको पाइएकाले कानूनी उपचारका लागि प्रक्रिया अघि बढाइएको बताए ।

उनले निर्वाचनको मतदान चलिरहेका बेला संघको कार्यालय खोली फर्जी परिचयपत्र बनाएर मतदान गराउने कार्यमा संघकै कर्मचारी र अनुगमनका लागि खटिएका एक सरकारी अधिकारी पनि संलग्न भएको पाइएको बताए ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणअनुसार संघका पूर्व कोषाध्यक्षसमेत रहनुभएका सचिवका प्रत्यासी टीकाराम गुरुङले उम्मेदवारको परिचयपत्रसहित मतदानका बेला दिउँसो २ बजे संघको कार्यालय खोली नक्कली परिचयपत्र बनाई पैसासमेत दिएको पाइएको छ । त्यस कार्यमा संघका एक सहायक कर्मचारी पनि संलग्न रहेको देखिएको छ ।

निर्वाचनको भोलिपल्ट विपक्षी समूहले धाँधली गरेर परिणाम तलमाथि पारेको भन्ने आधारमा शेर्पा समूहले संघको ‘फुटेज’ माग गरी हेर्दा सचिवका उम्मेदवार टीकाराम गुरुङले संघका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी गैरकानूनी तरिकाबाट गैर सदस्यको परिचयपत्र बनाई आफ्नो पक्षका लागि मतदान गर्न प्रयोग गरेको शेर्पा समूहको संयुक्त निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बा जाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरेको थियो । महासचिव र तीन जना सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा लामा समूहले जितेको थियो ।

एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका हुन् । तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमिति हुनेछ । निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

0 Comments