गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२१ श्रावण २०७४, शनिबार


चिसा रात सह्यौ, अन्धकार बिहानी सह्यौ ।
गल्लीमा अनि पेटीमा घामपानी सह्यौ ।।

बासी सडेगलेको खानपान हुन्छ सधै ।
यसरी रोगहरु सह्यौ, नोक्सानी सह्यौ ।।

धेरै छन् म जस्ता सडक बालबालिका ।
मिलेर बस्दा, सबैको आनिबानी सह्यौ ।।

रुदा पुछ्ने छैनन, हास्दा हास्ने छैनन ।
आफ्नै आँसुहरुको यहाँ सिरानी सह्यौ ।।

हातमा कापीकिताब बोक्ने मन थियो ।
सधै सपनाले रुझेका मेरा नानी सह्यौ ।।

Tags :
प्रतिक्रिया दिनुहोस