२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपायल बसपार्क एक सातादेखि बन्द

अ+ अ-

डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ ।

बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी टेकबहादुर शाहले अघिल्लो आइतबार सडकमै फलामको डण्डीको घेरा हालेका छन् । एक छेउमा उनको जमिन देखिएपछि सडक साँघुरो देखिएको छ । जसले बसहरु छिर्न सक्ने अवस्थामा नहुँदा बसपार्क अवरुद्ध छ । “एक साता बित्दा पनि बसपार्क सञ्चालन हुन नसक्नु दुःखद छ,” होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले भने, “यसमा नगरपालिका, बसपार्क जग्गाधनी र प्रशासनको ध्यान जान नसकेको आभास हुन थालेको छ ।”

बसपार्क सञ्चालन नभएपछि मूल बजारमै गाडीहरु पार्किङ भइरहेका छन् । जसले बेला–बेला ट्राफिक जामसमेत भइरहेको छ । “व्यस्त बजारको सडकमै दर्जनौँ गाडी पार्किङ भएपछि सडक तथा बजार अस्तव्यस्त बनेको छ,” स्थानीय व्यापारी गणेशबहादुर साउँदले भने, “यस्तो अवस्थामा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ ।”

बसपार्क अवरुद्ध बनेको साता दिन पुग्नै लाग्दा गत शुक्रबार नगरपालिकाले जग्गाधनी टेकबहादुर शाह, शैलेश्वरी यातायात व्यवसायी समिति र वडा नम्बर ४ का स्थानीय वडाध्यक्ष वीरेन्द्र शाहको उपस्थितिमा बैठक बोलाएर सहमति गरेको दाबी गरेपनि लिखित सहमति नहुँदा बसपार्क खुल्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस