एमालेद्वारा १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेद्वारा १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो


१५ श्रावण २०७४, आइतबार


काठमाडौं । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटि बैठकले नेकपा एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।

बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको बताइएको छ ।

एमालेले रामेछाप प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुख दीपा पाख्रिन, रसुवा प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुर प्रमुखमा रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीलाई बनाउने निर्णय गरेको छ ।

त्यस्तै भक्तपुरमा प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर, डोल्पामा प्रमुख शेरबहादुर बुढा, सल्यानमा उपप्रमुख कुलबहादुर गिरी, कालिकोटमा प्रमुख प्रेमबहादुर शाही र उपप्रमुख सरिता आचार्य, जाजरकोटमा प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाहीलाई बनाउने निर्णय आजको बैडकबाट गरेको छ ।

हुम्लामा उपप्रमुख खगेन्द्र कार्की, सुर्खेतमा प्रमुख टोपबहादुर राजकोटी र उपप्रमुख दीपा मल्ल, मुगुमा प्रमुख पुर्णबहादुर रोकाय र उपप्रमुख कर्णशिला मल्ल, खोटाङमा प्रमुख बबी चाम्लिङ र उपप्रमुख गोमा खत्री, इलाममा प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली, बझाङमा प्रमुख खड्गबहादुर खड्का र उपप्रमुख भागिरथी अवस्थी जोशीलाई बनाउने निर्णय गरेको छ ।

बैठकले काभ्रे जिल्लाबाट सिफारिस भएका नामहरूमध्ये उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ की संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।

थप जिल्लाको उम्मेदवारको टुंगो लगाउन सोमबार पुनः बैठक बस्ने एमालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस