३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

अ+ अ-

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइतेमध्ये भोजपुर आमचोक गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, २८ वर्षीय ज्ञानबहादुर राई र ४५ वर्षीय टीकाराम राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

पानी परिरहेको थियो राति करिब १० बजेको समयमा ठूलो आवाज आयो के भएछ भनेर बाहिर निस्किएर हेर्दा गाडी पानीमा उत्तानो भएको देखेपछि घटनास्थलमा गएर उद्धारमा लाग्यौँ स्थानीयवासी सुमन थापाले बताए ।

“घटनास्थलमा पुग्दा दुईजना बाहिर थिए भने गाडीभित्रबाट पानी खाएको आवाज लगातार आइरहेको थियो तत्काल उद्धारमा लाग्यौँ”, उनले भने, “प्रहरी पनि समयमै आएको हुँदा बाँकी चारैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउन सफल भयौँ ।”

जिप चालक भोजपुरका २४ वर्षीय विकास राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस