गजल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गजल


१४ श्रावण २०७४, शनिबार


विज्ञापनमा कानून बेचिने सूचना थियो,
सुटकेस भित्र कहाँ पाइन्छ ठेगाना थियो।

न्याय प्रेमी भाग्दै थिए किन होला सोधे,
देखायो त्यहाँ त तराजुमा खजाना थियो।

बुबा बिना जन्मेकाहरु बिर्सि सकेका छन्,
न्याय नपाए गोरखा जाने जमाना थियो।

पुरस्कार थाप्न अड्डा गएछन् श्रीमान् आज,
खाम खोली हेरे भित्र दुर्गमको रमाना थियो।

कस्ले भन्यो नमुना शिक्षा हाम्रो होइन भनेर,
कलेज जहिले अौजार बन्ने कारखाना थियो।

प्रतिक्रिया दिनुहोस