एमाले नेता नेम्वाङ अस्वस्थ « प्रशासन
Logo १२ चैत्र २०७९, आइतबार
   

एमाले नेता नेम्वाङ अस्वस्थ


९ श्रावण २०७४, सोमबार


काठमाडौँ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना भएका छन् ।

मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

“उनी पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भने– “आज बिहान ८ः३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।”

उनका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

संविधानसभाका पूर्व अध्यक्षसमेत रहनुभएका नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस