मानसिंह डोजोद्वारा पदक विजेता सम्मानित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानसिंह डोजोद्वारा पदक विजेता सम्मानित


८ श्रावण २०७४, आइतबार


काठमाडौं । मनमैजुस्थित मानसिंह डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

सन् २०१६ मा भारतमा भएको तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा मलेसियामा भएको तेश्रो अन्तर्राष्ट्रिय खुला केएल मेयर्स कप करातेमा स्वर्ण जितेकी रुपा महर्जन १५ हजार नगदसहित सम्मानित भइन् । भारतमा भएको तेश्रो दक्षिण एसियाली करातेमा स्वर्ण जितेका रवि तामाङ १० हजार नगदबाट पुरस्कृत भए । भारतमा भएको तेश्रो दक्षिण एसियाली करातेमा कांस्य जितेकी एलिना विकलाई ५ हजार नगदबाट सम्मान गरियो ।

पूर्व मन्त्री अर्जुननरसिंह केसी र डोजोका प्रमुख प्रशिक्षक एवं एकेएफ जज महेश महर्जनलगायतले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा पुरुषमा आकाश मण्डल तथा महिलामा शिबा भण्डारीलाई मानसिंह डोजो वर्ष खेलाडी– २०७३ अवार्ड प्रदान गरियो । त्यस्तै राजु गुरुङ आज्ञाकारी, संगम अधिकारी अनुशासित, सुविन्दर सुनार नियमित र विशाल शाह सफाइमा उत्कृष्ट चुनिए । ग्रेडिङको पुरुषमा निशान्त महर्जन र महिलामा स्वस्तिका लम्साल तथा उदीयमानको पुरुषमा जेनिफ दनई र महिलामा मन्जरी थपलियालाई उत्कृष्ट खेलाडी चयन गर्दै पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस