३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

अ+ अ-

मेलम्ची । बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

वि.सं. २०६९ असोज २० मा बहुविवाह गरी फरार रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर स्थायी घर भएका २९ वर्षीय इन्द्रबहादुर रावललाई इलाका प्रहरी कार्यालय, मेलम्चीले आज बिहान पक्राउ गरेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

अभियुक्त रावललाई २०६९ चैत २० गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट बहुविवाह गरेको अभियोगमा दुई वर्ष कैद र १६ हजार जरिवाना फैसला भएको थियो ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दा दर्ता भई फरार भएका ज्यामिरे–९ मेलम्ची घर भएका २१ वर्षीय किशोर तामाङलाई इलाका प्रहरी कार्यालय, मेलम्चीको विशेष टोलीले बिहीबार राति घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

वि.सं. २०७१ पुस १५ गते मेलम्ची नगरपालिका–९ ज्यामिरेका फुर्पा तामाङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई तामाङ फरार भएका थिए ।

प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार पक्राउ परेका दुईमध्ये बहुविबाहको मुद्धा जिल्ला अदालतबाट फैसला भएकाले बहुबिबाह मुद्धाका अभियुक्त रावललाई जिल्ला अदालत बुझाइने र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएका तामाङलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

पछिल्लो समय मेलम्ची क्षेत्रमा प्रहरीको सक्रियतासँगै विभिन्न विषयमा मुद्धा दर्ता भएका र जिल्ला अदालतबाट मुद्धा फैसला सुनाएका फरार अभियुक्तलाई प्रहरीले व्यापक खोजीसँगै पक्राउ गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस