२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्सौल नाका सहज नहुँदा यात्रीलाई सास्ती

अ+ अ-

वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रको रक्सौल नाका सहज नहुँदा आवतजावत गर्ने दुवै देशका नागरिकले सास्ती भोग्दै आएका छन् ।

रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को व्यवस्थापन नहुनु तथा रक्सौल–वीरगञ्ज नाका व्यवस्थित नभएकाले आवतजावत गर्ने दुवै देशका नागरिक घण्टौँसम्म जाममा फस्ने हुनाले दुर्घटनाको शिकार हुने गरेको गुनासो आउन थालेका छन् ।

भारत सरकारको कमीकमजोरीका कारण तथा ट्राफिक व्यवस्थापन नभएकाले घण्टौँसम्म रक्सौल नाका जाम हुने गरेको बताउँदै सीमावर्ती भारत–रक्सौलस्थित टेक्सटाइल चेम्बर अफ कमर्शका अध्यक्ष अरुण कुमार गुप्ता भन्छन्– भारत सरकारसँग उक्त क्षेत्रमा हुने जाम हटाउन हामीले बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन ।

सो क्षेत्रमा ट्राफिक व्यवस्थापन फितलो भएको, भारत सरकारले सो ठाउँमा आकाशे पुल नबनाउँदा रक्सौल नाका दैनिक चार पाँच घण्टा अबरुद्घ हुने भएकाले दुवै देशका नागरिकले सास्ती भोग्दै आएको रक्सौलका अर्का व्यापारी श्याम लामाको भनाइ छ ।

रक्सौलदेखि वीरगञ्जको सुख्खा बन्दरगाहसम्म सडक बनेपनि हालसम्म सञ्चालनमा नआएकाले यो अवस्थाको सिर्जना भएको हो । रक्सौल रेल्वे क्रसिङका कारण सवारीसाधन र यात्रुको ठूलो जाम हुने र दुर्घटनाको कारण बन्दै गएकाले सो ठाउँमा आकाशे पुल निर्माण गर्न भारत सरकारले निणय गरिसकेको भएपनि हालसम्म कुनै काम नभएकाले घण्टौँसम्म रेल्वे फाटक बन्द हुँदा मालबाहक गाडी लामो समयसम्म रोकिन जाने गुनासो वीरगञ्जका व्यापारीको छ ।

रेल्वे क्रसिङका कारण त्यस क्षेत्रमा जाम हुने भएकाले भारत सरकारले अविलम्ब आकाशे पुलको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले रेल आउनेबेलामा घण्टौँसम्म फाटक बन्द हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएको बताए । उनले केही दिनमै एकीकृत भन्सार जाँच चौकी चालू भएपछि यो समस्या स्वतः समाप्त हुने विश्वास व्यक्त गरे ।

भारतीय रेल्वे क्रसिङमा व्यवस्थापनको कमीले आयातित मालवस्तु क्षति हुने, २४सै घण्टा काम गर्ने वातावरण भएपनि भारतीय तथा नेपाली भन्सार राति ११ देखि बिहान ६ बजेसम्म बन्द हुनाले मालवस्तु लोड गरी समयमै रेल्वे साइडिङ खाली गराउन नसक्दा ठूलो रकम बफरेज र विलम्ब शुल्क तिर्नुपर्ने बाध्यता रहेको व्यापारीको गुनासो छ ।

दैनिक करिब ३० करोड राजस्व असुल्ने वीरगञ्ज भन्सार नाकाबाट ठूलासाना गरी एक हजार ५०० गाडी ओहोरदोहोर गर्ने गर्छ ।

रक्सौलमा दैनिक लामो समयसम्म जाम हुने मुख्य समस्या भनेको रेल्वेको फाटक हो भन्दै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जबसम्म आइसिपी सञ्चालन हुँदैन तबसम्म यो समस्या रहिरहने बताउछन् ।

रक्सौल रेल्वे साइडिङदेखि भन्सारसम्मको सडकको अवस्था दयनीय र जर्जर भएकाले मालबाहक सवारीसाधन ढुवानीका लागि भाडामा जान आनाकानी गर्ने गरेको, दुर्घटनाको सम्भावना बढेकाले सडकको अवस्था सुधार गर्न भारत सरकार गम्भीर हुनुपर्ने, रक्सौल वीरगञ्ज नाकालाई व्यवस्थित बनाउन पूर्वाधारको विकास गर्नुपर्ने माग दुवै देशका व्यापारीको रहेको छ

प्रतिक्रिया दिनुहोस