टीकापुर नगरपालिकामा साथी अस्पताल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टीकापुर नगरपालिकामा साथी अस्पताल


२७ असार २०७४, मंगलबार


टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा साथी अस्पताल सञ्चालनमा आएको छ । विभिन्न पेशा र व्यवशायमा संलग्न ३१ जनाले अस्पताल प्रालि सञ्चालनमा ल्याएका हुन । अस्पतालले हाल १५ शैया सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा एक जना विशेषज्ञ सहित ३ जना चिकित्सक कार्यरत छन । अनुभवी र दक्षता हासिल गरेका अन्य थप स्वास्थ्यकर्मी समेत अस्पतालमा कार्यरत रहेको सञ्चालक मध्येका एक सुरेन्द्र किशोर गिरीले जानकारी दिए ।

अस्पतालको एक समारोहकाबीच टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस