नेपाल सरकारद्वारा आतङ्कवादी आक्रमणको निन्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल सरकारद्वारा आतङ्कवादी आक्रमणको निन्दा


२७ असार २०७४, मंगलबार


काठमाडौँ । नेपाल सरकारले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा सोमबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।

भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा निर्दोष सात यात्री मारिएका र अन्य घाइते भएका थिए । सरकारले उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस