२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी

अ+ अ-

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी भएका छन् ।

थापाले आठ हजार ८८५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गरे ।

त्यस्तै काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गरेका हुन् ।

रामपुर नगरपालिकामा १० वटा वडामध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।

वडा नं. २, ४, ५, ६, ७ र ८ मा काँग्रेस विजयी

वडा नं. २ का वडाध्यक्षमा काँग्रेसका ताराबहादुर थापा ५६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदमबहादुर कुमालले ३२७ मत प्राप्त गरे ।

वडा नं. ४ को वडाध्यक्षमा काँग्रेसका एकबहादुर नेपाली ९८५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लुकबहादुर वीरकट्टाले ८०७ मत ल्याए ।

त्यस्तै वडा नं. ५ का वडाध्यक्षमा काँग्रेसका हिमाल मल्ल एक हजार ४६७ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फणेश्वर गौतमले ८०१ मत प्राप्त गरेका छन् ।

वडा नं. ६ का वडाध्यक्षमा काँग्रेसका हुमनाथ न्यौपाने एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरप्रसाद देवकोटाले ६४५ मत प्राप्त गरे ।

यसैगरी वडा नं. ७ का वडाध्यक्षमा काँग्रेसकै तीर्थप्रसाद पङ्गेनी ७९५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुकदेव पोखरेलले ७४० मत प्राप्त गरे ।

वडा नं. ८ का वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजाली ९०३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस