शुद्धोधन गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शुद्धोधन गाउँपालिकामा एमाले विजयी


१८ असार २०७४, आइतबार


भैरहवा । रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ ।

अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गरिन् । रासस

प्रतिक्रिया दिनुहोस