२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी

अ+ अ-

सोलुखुम्बु । शनिबार राति अबेर गरी सम्पन्न नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजय हुनु भएका छन् । बास्तोलाले एक हजार ६९८ मतसहित जित हासिल गर्नुभयो भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गरे । नेचा सल्यानको उपप्रमुखमा काँगेसका कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी भए ।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ्ग र काँग्रेसले सोलुदूधकुण्ड नगरपालिका जितेको छ । अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । दूधकौशिका गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । उपप्रमुखमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

शनिबार आएको मतपरिणामअनुसार दूधकौशिका गाउँपालिका–३ मा नेकाका भूपाल राई, वडा नं. ४ मा नेकाकै नातिकाजी गुरुङ अध्यक्ष सहितको प्यानल विजयी भएको छ । वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका प्रेमकुमार राई अध्यक्ष सहितको पूरै प्यानल विजयी भएको छ । अहिले बिहान ७ बजेबाट २, ६ र ७ वडाको मतगणना सुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस