३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माङसेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी

अ+ अ-

इलाम । इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका डिकेन्द्र इदिङ्गो तीन हजार ७५९ मत र उपाध्यक्षमा एमालेकी सुनिता सुब्बा दुई हजार ९८१ मत ल्याएर विजयी भएका छन् ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमन्त राईले तीन हजार १५१ र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरमका विनोदकुमार नेम्वाङले दुई हजार ७७१ मत प्राप्त गरे । माङसेबुङ–१ मा सबै पदमा काँग्रसको प्यानल विजयी भएको छ । काँग्रेसका वडाध्यक्षमा भक्तराज लिम्बू ६०१, महिला सदस्यमा कृष्णमाया कार्की ५७६, दलित महिला सदस्यमा टीका लुहागुन ६२६, खुल्ला सदस्यमा ठगबहादुर श्रेष्ठ ५८९ र खुल्ला सदस्यमा पूर्णबहादुर नेपाल ५१८ मत ल्याएर विजयी भए ।

माङ्सेबुङ–२ मा नेपाली काँग्रेसले वडाध्यक्ष र दुई सदस्य तथा एमालेले दुई सदस्यमा विजय हासिल गरेका छन् । काँग्रेसबाट वडाध्यक्षमा पुष्पराज कार्की ६७४ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसका तर्फबाट महिला सदस्यमा राममाया सम्बाहाम्फे लिम्बू र दलित महिला सदस्यमा कमला पोर्तेल विजयी भएका छन् भने एमालेका तर्फबाट खुल्ला सदस्यहरूमा बलवीर लिम्बू र पूर्णबहादुर बस्नेत विजयी भए ।

माङ्सेबुङ–३ मा वडाध्यक्ष र तीनजना सदस्यमा नेकपा एमालेले विजय हासिल गरेको छ भने एकजना खुल्ला सदस्यमा काँग्रेस विजयी भएको छ । एमालेका तर्फबाट वडाध्यक्षमा मैतराज राई ६१५ मत ल्याएर विजयी भए । एमालेकै तर्फबाट महिला सदस्यमा सङ्गीता राई र खुल्ला सदस्यमा कुलबहादुर लिम्बू विजयी भएका छन् भने काँग्रेसबाट खुल्ला सदस्यमा इन्द्रबहादुर लिम्बू विजयी भए ।

माङ्सेबुङ–४ मा सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा अमृतबहादुर राई २७९, महिला सदस्यमा विष्णुकुमारी लिम्बू २९७, दलित महिला सदस्यमा गोमादेवी विक २९१, खुल्ला सदस्यमा धनप्रसाद राई ३०८ र सन्तकुमार कामी २९१ विजयी भएका हुन् । माङ्सेबुङ–५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट वडाध्यक्ष नरेन्द्र राईसहितको प्यानलले विजय हासिल गरेको छ । माङ्सेबुङ–६ मा नेपाली काँग्रेसका तर्पmबाट वडाध्यक्ष प्रदीप राईसहितको प्यानलले विजय हासिल गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस