दाङको बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दाङको बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


दाङ । जिल्लाको बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर वलीले तीन हजार ३५२ र उपाध्यक्षमा सोही पार्टीका यमुना घर्तीले तीन हजार ३७१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा काग्रसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गरेकाछन् ।

उक्त गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेस, वडा नं. २, ३, ४, ५, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–२ को वडाअध्यक्षमा काँग्रेसका राजु आचार्यले ८३५ मत प्राप्त गरी विजय भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर योगीले ८२५ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा कमला थापा, दलित महिला सदस्यमा सरीता विक, खुल्ला सदस्यमा कविराम चौधरी र राजकुमार केसी विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस