बैतडीको सिगास–१ र पाटन–९ मा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीको सिगास–१ र पाटन–९ मा एमाले विजयी


१६ असार २०७४, शुक्रबार


बैतडी । बैतडीको सिगास गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी भएका छन् । उका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गरे ।

त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार, दानबहादुर ऐरी र खुला सदस्यमा काँग्रेसका लालसिंह धामी विजयी भएका छन् ।

त्यस्तै बैतडीको पाटन नगरपालिका वडा नं. ९ को अध्यक्षमा एमालेका लोकेन्द्र भण्डारीको समूह विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णसिंह भाटलाई १०५ मतअन्तरले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।

विजयी भण्डारीले ३९० मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा सुनिता भट्ट, दलित महिला सदस्यमा सरु लुहार र सदस्यहरुमा इन्द्रसिंह बोहरा र रामसिंह भाट विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस