खोटाङ रुपाकोट मझुवागढी– ११ मा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोटाङ रुपाकोट मझुवागढी– ११ मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राई ३३४ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक हजार ३४९ मत खसेको उक्त वडाका सदस्यहरुमा काँग्रेसका उम्मेदवार नै विजयी भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस