दाङमा काँग्रेसले खाता खोल्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दाङमा काँग्रेसले खाता खोल्यो


१५ असार २०७४, बिहिबार


दाङ । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।

अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी भएका छन् । सो वडामा ९४३ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस