२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छः पूर्व अर्थमन्त्री डा. महत

अ+ अ-

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

आर्थिक पत्रकार मञ्च नेपालले मंगलबार आयोजना गरेको ‘कर फछ्र्यौट आयोगः समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्दै कर फछ्र्यौट विवादलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताए ।

डा. महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक अरू कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पारे । उनले भने, “कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले अनुपयुक्त हो भन्न मिल्दैन ।”

कर फछ्र्यौट आयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फछ्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताए । उनले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राखे ।

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फछ्र्यौट आयोगको आवश्यकता नरहेको बताए । उनले हाम्रो देशमा थुप्रै आयोग बनेका भए पनि विवादमा ल्याउने काम गरेको भन्दै कर अधिकृत र करदाताबीचको सम्बन्धभन्दा बाहिर रहेर आयोगले कुनै काम गर्न नपाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस