२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा मतदान गर्न नेपाली काँग्रेसको आह्वान

अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न सम्पूर्ण जनतामा आह्वान गरेको छ ।

काँग्रेसले आइतबार विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

काँग्रेसले देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउन आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते प्रदेश नं. १, ५ र ७ मा हुँदैछ ।

अत्यन्त कठिन साधना र समर्पणबाट प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तहको यस निर्वाचनबाट प्राप्त भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“स्थानीय तहलाई लोकतन्त्रको मजबुत आधारशीला बनाउने महायज्ञमा काँग्रेसकै नेतृत्वदायी भूमिकाको अपरिहार्यता आम नेपाली जनताले महसुस गरेकै छन् । ‘काँग्रेसको नेतृत्वमा नयाँ संविधान–काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ को नारा लिएर काँग्रेस जनताको चाहना र भावनालाई आत्मसात् गर्दै चुनावी मैदानमा उत्रिएको छ,”– विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस