२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर

अ+ अ-

डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिरहेका छन् ।

नेकाले एमालेलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरेको छ भने एमाले र माओवादी केन्द्रले नेपाली काँग्रेसलाई मुख्य प्रतिस्पर्धी ठानिरहेका छन् । दशकौँंदेखि सुदूरपश्चिम काँग्रेसको पकडक्षेत्रका रुपमा हेरिँदै आइएको डडेल्धुरामा संसदीय निर्वाचनमा काँग्रेसले एकलौटी विजय हासिल गर्दै आएकाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दुईवटा नगरपालिकासहित सातवटै तहमा आफ्नो पक्षमा आउनेमा पार्टी पङ्क्ति आशावादी देखिएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन गाविसमा विजयी हासिल गरेको एमालेले पनि यहाँका अधिकांश नगर र गाउँपालिकामा यसपटक पनि विजयी हुने दाबी गर्दैआएको छ ।

काँग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा अन्य दल रहेका छन् । माओवादी केन्द्रले पनि डडेल्धुरा जिल्लाभर चुनावी घरदैलोलाई तीव्रताका साथ अघि बढाइआएको छ । डडेल्धुराका अधिकांश तहमा प्रमुख तीन राजनीतिक दलबीच नै चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । उता, काँग्रेस नेताले भने आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको जनाइरहेका छन् ।

काँग्रेस महासमिति सदस्य गोविन्दराज बोहराले आलिताल गाउँपालिकामा माओवादीसहित र बाँकी ६ वटै तहमा एमालेसँग प्रतिस्पर्धा हुने दाबी गरे । डडेल्धुराका मतदाताले घरदैलोमा पुग्ने दलका उम्मेदवारसँग रोजगारीको व्यवस्था र आयमूलक कार्यक्रमको माग गरिरहेका छन् । “सडक, खानेपानी लगायत अन्य सुविधा भन्दा बेरोजगारी निर्मूल पार्ने खालका प्याकेज माग गर्दैछन्” महासमिति सदस्य बोहराले भने– “विकास निर्माणलाई पनि अगाडि बढाएर डडेल्धुरालाई नमुना जिल्ला बनाउँछौं ।”

नमुना जिल्ला बनाउन पार्टी र उम्मेदवारसँग स्पष्ट खाका रहेको बोहराको भनाइ छ । डडेल्धुरामा भड्किलो चुनावी प्रचारमा जोगबुढास्थित परशुराम नगरपालिका अगाडि रहेको छ । परशुरामसँगै आलिताल गाउँपालिकामा पनि चुनावी माहोल अन्यत्र भन्दा बेग्लै छ । डडेल्धुराको सदरमुकाम बाजगजार र आसपासको क्षेत्र चुनावी उत्सवले छपक्कै छोपिएको छ ।

विभिन्न राजनीतिक दलले चुनावी प्रचारलाई निकै भड्किलो बनाएका छन् । तराईका कैलाली र कञ्चनपुर भन्दा पहाडी जिल्लामा चुनावी माहोलमा रौनकता देखिएको छ । कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको भीमदत्त राजमार्गका छेउछाउका बस्ती र बजारमा चुनावी चहलपहल निकै देखिएको छ । परशुराम नगरपालिकाका लोपोन्मुख जाति राउटेदेखि अन्य मतदाता मतदान गर्नका लागि हौसिएका छन् । एमालेका पार्टी सचिव धनबहादुर साउदले डडेल्धुरामा एमालेको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने बताए ।

यनको अजयमेरु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारसमेत रहेका सचिव साउदले सातवटै तहमा काँग्रेससित चुनावी लडाइँ हुने बताए । मतदाताले सक्षम पार्टी र योग्य उम्मेदवार खोजिरहेको र सडक, खानेपानी, स्वास्थ्य जस्ता पूर्वाधारको माग गरिरहेको उनले जानकारी दिए ।

माओवादी केन्द्र प्रदेश नं. ७ का सचिवालय सदस्य उमेशप्रसाद भट्टले डडेल्धुराका स्थानीय तहमा माओवादीको प्रतिस्पर्धा नेपाली काँग्रेससँग हुने दाबी गरे । “हाम्रो मुख्य प्रतिस्पर्धी काँग्रेस हो,” भट्टले भने–“यहाँको परशुराम, आलिताल र अजयमेरु हाम्रा पकड क्षेत्र हुन् ।” पार्टीले दुई महिनाअघि नै सबै तहका उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको जानकारी दिँदै उनले पार्टी पङ्क्ति एक ढिक्का भएर चुनावमा होमिएको बताए ।

आफूहरु जितेमा सडक, बिजुली, खानेपानी, सञ्चारलगायतका पूर्वाधारको विकास गरी नमुना गाउँ÷सहर बनाउने आफूहरुको योजना रहेको उनले बताए । चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलको चुनावी प्रचारप्रसार भने न्यून देखिएको छ ।

काँग्रेसमा असन्तुष्टि

डडेल्धुरा काँग्रेसले यहाँका सबै तहमा उम्मेदवार टुङ्गो लगाए पनि पार्टीभित्र आकांक्षी धेरै भएकाले असन्तुष्टि बढेको छ । यहाँका एकाध वडा स्तरबाहेक अन्य सबै माथिल्लो तहका उम्मेदवार चयनमा समस्या भएको छ । पार्टी नेतृत्वले राम्रा भन्दा आफ्ना नजिककालाई टिकट दिएको भन्दै कार्यकर्ता असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

पार्टीले ढिलो गरी उम्मेदवार चयन गरेर चुनावी प्रचार थाले पनि पार्टीभित्रैका अन्य आकांक्षीलाई मनाउन समय खर्च गर्नुपरेको छ । “पार्टीभित्र टिकट वितरणका विषयलाई लिएर असन्तुष्टि बढेपछि केन्द्रीयस्तरबाट पनि मनाउने प्रयास भएको छ,” डडेल्धुराका एक काँग्रेस नेताले भने – “धेरै तहमा त कार्यकर्तामाझ फाटो आउने अवस्था नै आएको छ ।”

केही आकांक्षी स्वतन्त्र उम्मेदवारी दिने चेतावनी समेत दिइरहेका छन् । आकांक्षी अझै पनि टिकट वितरणमा पुनर्विचार गर्न नेतृत्व तहलाई दबाब दिइरहेका छन् । हरेक पदमा आधा दर्जन भन्दा बढी आकांक्षी हुँदा व्यवस्थापनमा समस्या भएको काँग्रेस नेताको भनाइ छ ।

यहाँका सातवटै तहमा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि देखिए पनि केही तहमा भने बिहीबार व्यवस्थापन गरिएको छ । टिकट वितरणकै विषयमा जोगबुढा परशुराम नगरपालिकाका नगर सभापति तारीसिंह बोहराले केही समयअघि पार्टीबाट राजीनामा समेत दिएका थिए । बोहरा अहिले एमालेबाट परशुराम नगरपालिकाका प्रमुख पदका उम्मेदवार बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस