२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको संवेदनशीलतालाई बुझेर समाचार सम्प्रेषण होस् – शाह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहले आमसञ्चारमाध्यमलाई निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सत्य, तथ्य सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगद्वारा बिहिबार आयोजित सञ्चारमाध्यमले पालना गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहितासम्बन्धी अन्तक्र्रियामा उनले भने, “पहिलो चरणको स्थानीय तहको निर्वाचनमा केही मिडियाबाट आचारसंहिता उल्लङ्घनका घटना भएको छ, आगामी दिनमा त्यसलाई सच्याउनुपर्दछ ।”

निर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लङ्घनलाई मिडियाले गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिँदै उनले आचारसंहिता उल्लङ्घनका कारण कारबाही गर्ने परिस्थिति आउन दिनु भएन भने ।

आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको निष्पक्षता, पारदर्शिता, स्वतन्त्रता, स्वच्छता र कम खर्चिलो तुल्याउन जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्ने गराउने काममा सरोकार भएकाहरुलाई प्रेरित गर्न आवश्यक रहेको बताए । आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहिता पालनाले निर्वाचनको समयमा दल र उम्मेदवारबीच सहकार्य, समझदारी र हार्दिकता बढाउन योगदान पुग्ने धारणा व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा समग्रमा आमसञ्चारमाध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गरेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमले निर्वाचन र निर्वाचन आयोगसम्बन्धी समाचारलाई सबैभन्दा प्राथमिकता दिएको तथ्याङ्कसहितको विवरण सो अवसरमा प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस