४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा आउन सक्ने चुनौतीको निरुपण सहितको योजना बनाएर काम गर्न अनुगमनमा खटिने टोली प्रमुखलाइ निर्देशन दिएका छन् ।

आगामी असार १४ गते हुने दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा मुलुकका ४३ जिल्लाका ४६१ स्थानीय तहमा खटिएका अनुगमन टोलीप्रमुख सँगको अन्तरक्रियामा उनले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई कायम राखेर निर्भिक, अठोट र सुझबुझका साथ काम गर्न सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी असार २ गते उम्मेदवारी दर्तासँगै निर्वाचनका बारेमा उठेका सबैखाले शङ्का÷उपशङ्का स्वतः निवारण हुने बताउँदै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्ने अवस्था आए त्यसबाट पछि नहट्न निर्देशन दिए ।

आचारसंहिताको पालन भयो÷भएन, कसबाट उल्लङ्घन भयो भन्ने बारेमा सबै खाले अभिलेख राख्न निर्देशन दिँदै उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तुल्याउन आयोग क्रियाशील छ भने ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनमा खटिएका टोली प्रमुख आयोगको अभिन्न अङ्गका रुपमा सुम्पिएको जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न सुझाव दिए । अनुगमन टोली प्रमुखका रुपमा निर्वाचन आयोगले दुई सचिवसहित ४३ जना सहसचिवलाई आजैबाट जिल्लामा खटाएको हो । रासस

प्रतिक्रिया दिनुहोस