३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार हुसेनलाई

अ+ अ-

काठमाडौँ । यस वर्षको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार सर्लाहीका माछापालक कृषक अफजल हुसेनलाई प्रदान गरिएको छ ।

दुई लाख राशिको उक्त पुरस्कार मंगलबार कृषि विकास मन्त्रालयमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले हुसेनलाई प्रदान गरेका हुन् ।

कृषि पेसालाई समाजको आकर्षक एवम् सम्मानित पेसाका रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यबाट २०७० सालदेखि यो पुरस्कार वितरण गरिँदै आएको छ ।

सर्वोत्कृष्ट एक र उत्कृष्ट चार जनालाई जनही एक लाखरुपैया राशिको उक्त पुरस्कार पत्रकारिता पेसा छोडेर कृषिमा लागेका थमबहादुर रजाली मगर, कृषि विषय पढेर कृषिमा लागेका सुमेरसम्शेर जबरा, विदेश जानबाट रोकिएकी इन्द्रकुमारी लावती र रोजेर कृषि पेसा गरेका खडकसिंह विष्टलाई प्रदान गरिएको छ ।

नवलपपरासी रजाली टोलका रजालीलाई उत्कृष्ट तरकारीखेती, डडेल्धुरा अजमेरु–४ का विष्टलाई बाख्रापालन, पाँचथर कुरुम्बा मिक्लाजुङ्का लावतीलाई सुन्तला एवम् एकीकृत खेती र बाँके–५ का जबरालाई मत्स्य प्रजनन्मा उत्कृष्ट योगदान पुर्याएबापत पुरस्कृत गरिएको हो ।

कार्यक्रममा आयोगका अध्यक्ष श्रेष्टले सरकारले लगानीको निरन्तर अनुगमन गर्ने हो भने कृषिमा पर्याप्त प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट पुरस्कार ग्रहण गर्ने हुसेनले लगनशील भएर कृषि पेसामा लाग्दा राम्रै परिणाम निस्कने बताए ।

कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव डा. सुरज पोखरेल, पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिशीले सरकारी अनुदानलाई सदुपयोग गर्दे अगाडि बढ्ने किसानको हित सुनिश्चित छ भने । रासस

प्रतिक्रिया दिनुहोस