सरकार र राजपाबीचको वार्ता निष्कर्ष विहिन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकार र राजपाबीचको वार्ता निष्कर्ष विहिन


२८ जेष्ठ २०७४, आइतबार


काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको आइतबार सिंहद्रबारमा भएको वार्ता विना निष्कर्ष सकिएको छ ।

राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्नेलगायतका माग अघि सारेको थियो भने सरकार साझेदार दलका नेताहरुले चुनावको मिति सार्न नसकिने बताएका थिए । सत्तारुढ दलका नेताहरुले अन्य मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह थिए ।

राजपा नेताहरुले भने आफुहरुका माग पूरा नभएसम्म चुनावमा नजाने बताएपछि वार्ता विना निर्णय टुंगीएको छ । राजपाले आफुहरुका माग पुरा नभएकाले आजै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस