कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु


२४ जेष्ठ २०७४, बुधबार


काठमाडौँ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गरेका हुन् ।

पराजुलीले बुधवारदेखि इजलास र पेसी तोक्ने काम सुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन । रासस

Tags :
प्रतिक्रिया दिनुहोस