चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा « प्रशासन
Logo १२ चैत्र २०७९, आइतबार
   

चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा


२४ जेष्ठ २०७४, बुधबार


बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा गएका छन् ।

कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा गएका हुन् ।

उनी त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनेछन् । उनले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उद्घाटन गर्नु्हुने छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस