२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दलबीच चार बुँदे सहमति, देउवा आज प्रधानमन्त्री चुनिँदै

अ+ अ-

काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच संसद् गतिरोध अन्त्य गर्न सहमति जुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री बन्दैछन् ।

तीन दल बैठकमा सत्तापक्षले बाँकी निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा तोकिएको समयमै गर्ने प्रतिबद्धता जनाउने र प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी अवरोध अन्त्य गर्ने सहमति भएको हो ।

तीन दलबीच भएका चार बुँदे सहमतिहरुमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमै स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण रूपमा गराउने, पहिलो चरणको निर्वाचनसँग सम्बन्धित धाँधली र ज्यादतीका घटना दोहोरिन नदिने,
२०७४ माघ ७ भित्र प्रदेशसभा र संघीय संसद्को निर्वाचन गराउने र आगामी निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्ने सहमति भएको हो ।

सत्तारूढ दल माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यातेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले गरेको संसद् अवरोधका कारण गत आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका स्थगित भएको थियो ।

0 Comments