तीन दलबीच चार बुँदे सहमति, देउवा आज प्रधानमन्त्री चुनिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन दलबीच चार बुँदे सहमति, देउवा आज प्रधानमन्त्री चुनिँदै


प्रशासन विशेष ब्युरो

२३ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच संसद् गतिरोध अन्त्य गर्न सहमति जुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री बन्दैछन् ।

तीन दल बैठकमा सत्तापक्षले बाँकी निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा तोकिएको समयमै गर्ने प्रतिबद्धता जनाउने र प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी अवरोध अन्त्य गर्ने सहमति भएको हो ।

तीन दलबीच भएका चार बुँदे सहमतिहरुमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमै स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण रूपमा गराउने, पहिलो चरणको निर्वाचनसँग सम्बन्धित धाँधली र ज्यादतीका घटना दोहोरिन नदिने,
२०७४ माघ ७ भित्र प्रदेशसभा र संघीय संसद्को निर्वाचन गराउने र आगामी निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्ने सहमति भएको हो ।

सत्तारूढ दल माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यातेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले गरेको संसद् अवरोधका कारण गत आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस