एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालयः महानिर्देशक भट्ट « प्रशासन
Logo १३ चैत्र २०७९, सोमबार
   

एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालयः महानिर्देशक भट्ट


२१ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको बताएका छन् ।

खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आयोजना पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको घरधुरीमा आधारभूत स्तरको शौचालय पुगेको महानिर्देशक भट्टले बताएका हुन्

सन् २०१७ भित्र नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्य राखेपनि हालसम्म ९१ प्रतिशत जनताको घरमा शौचालय पुगेको छ भट्टले भने नेपालको संविधान २०७२ ले खानेपानी र सरसफाइलाई मौलिक हकका रुपमा परिभाषित गरेअनुसार नेपालले खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

उनले भने, “विभागले आफ्नो स्थापनाकालदेखि नेपाली जनताको घर दैलोमा स्वच्छ पिउने पानी र सुविधा वृद्धि गर्ने काम गरिरहेको छ ।”

यसैगरी नेपालका ७५ मध्ये ३८ जिल्ला खुला दिशामुक्त जिल्ला घोषित भइसकेको र १० जिल्ला घोषित हुने अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

‘खुला दिशामुक्त गर्नु छ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो स्थानीय नेतृत्व’ भन्ने मूल नाराका साथ जेठ २२ देखि २८ सम्म अठारौँ राष्ट्रिय सरफाइ सप्ताह मनाउन लागेको हो ।

सरसफाइ सप्ताहले खुला दिशामुक्त नेपाल बनाउने राष्ट्रिय अभियान साकार पार्न छुट्टै पहिचान बोक्ने विभागले जनाएको छ ।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले मन्त्रालय पुर्नसंरचना गर्दा खानेपानी तथा सरसफाइसम्बन्धी अलग्गै वा अन्य मन्न्त्रालयसँग गाभिएर भएपनि अस्तित्वमा राख्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस